PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के अक्षय कुमारले फिर्ता गर्लान् राष्ट्रिय अवार्ड?



पहिलोपोस्ट

के अक्षय कुमारले फिर्ता गर्लान् राष्ट्रिय अवार्ड?

बलिउड अभिनेता अक्षय कुमारले सन् १९९१ देखि निरन्तर हिन्दी फिल्ममा काम गरे। फिल्म यात्रा कहिले सफल रह्यो त कहिले फल्प फिल्मको सुची बढ्दै गयो। तर फिल्म फ्लप भएपनि आफैलाई दर्शकमाझ ल्याइराख्न संघर्षरत रहे उनी। २५ वर्ष लामो बलिउड यात्रामा अक्षयले धेरै राष्ट्रिय, अन्तराष्ट्रिय साना ठूला अवार्ड जितेका उनले सन् २०१७ मा बल्ल नेशनल अवार्ड हात पारे।

फिल्म रुस्तमका लागि अक्षय कुमारले बलिउडका लागि महत्वपुर्ण अवार्ड जितेका हुन्। तर अवार्ड घोषणा पश्चात अक्षय कुमार विवादहरुबाट भने जोगिएनन्। धेरैले नेशनल अवार्डका लागि अक्षय अयोग्य रहेको बताए। फिल्म दंगलका लागि आमिरले उक्त अवार्ड पाउन पर्ने समेत सुनियो।

विवाद र बिरोध बारे अक्षय भन्छन्,'यो सबै मैले २५ वर्षदेखि भोग्दै आएको कुरा हो। मेरो मात्र होइन कुनै उपाधी वा पुरस्कार जित्ने सबैको हकमा यस्तो विवाद सुनिन्छ।' बलिउड हंगामाले जनाए अनुसार उनले एक प्रेस सम्मेलनमा बोले,'काम गरेको २६ वर्षमा राष्ट्रिय अवार्ड पाएको छु। त्यो ठिक नलाग्नेले अवार्ड फिर्ता लिंदा हुन्छ।' उनले दर्शक वा आम मान्छेले योग्य ठहराएपछि मात्र अवार्ड जितिने समेत उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell