PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५ सय किमीको रेलमार्ग, ६ लेनका हजार किमी फास्टट्रयाक, १० हजार मेवा विद्युत : कांग्रेसको घोषणापत्र



५ सय किमीको रेलमार्ग, ६ लेनका हजार किमी फास्टट्रयाक, १० हजार मेवा विद्युत : कांग्रेसको घोषणापत्र

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा अबको १० वर्षमा नेपाल कस्तो हुनेछ भन्ने बारे २५ बुँदामा झलक देखाइएको छ। 

यसमा ५ सय किलोमिटरको रेलमार्ग, चारदेखि छ लेनका हजार किलोमिटर द्रुतमार्ग, १० हजार मेगावाट विद्युत उत्पादन लगायतका विषय समेटिएका छन्। 

हेर्नुस् कांग्रेसले परिकल्पना गरेको अबको १० वर्षमा नेपाल 

१. मध्यम–आय भएको, उद्यममैत्री, गतिशील, लोककल्याणकारी राज्य। 
२. दोहोरोअङ्कको वार्षिक आर्थिक वृद्धि हासिल। 
३. हरेक व र्षकम्तिमा रु. १०० अर्ब बराबरको विदेशी लगानी भित्रिएको। 
४. स्वदेशी र विदेशी निजी लगानीले वर्षेनी तीन लाख भन्दा बढी रोजगारी सिर्जना। 
५. गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३ प्रतिशत भन्दा कम। 
६. अधिकांश नेपाली मध्यमवर्गीय स्तरका। 
७. समग्रमा ९५ प्रतिशत नेपाली साक्षर। 
८. सबै युवा (१५ देखि २४ वर्षका) साक्षर र कुनै न कुनै विषयमा सीप र दक्षता हासिल। 
९. नेपालमा कुपोषण र भोकमरी निर्मुल। 
१०. औसत नेपालीको आयु ७७ वर्ष। 
११. शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटेर ५ र मातृ मृत्युदर २५८ (प्रति एक लाख जीवित जन्म) बाट घटेर ५०। 
१२. १०,००० मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन। 
१३. आफ्नो आन्तरिक खपत भन्दा बढी ऊर्जा निर्यात र नेपालको अन्तर्राष्ट्रिय छवि “शत प्रतिशत स्वच्छ उर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र”। 
१४. काठमाडौं–मधेश एक्सप्रेसवे लगायत ४ देखि ६ लेनका १००० कि.मी भन्दा बढी द्रुत–मार्ग, ५०० कि.मी. भन्दा बढी रेल्वेलाइन, ५०,००० भन्दा बढी कि.मी. कालोपत्रेसडक र टनलको संजाल निर्माण। 
१५. चारवटा अन्तर्राष्ट्रिय विमानस्थलहरुको संचालन। 
१६. प्रत्येक वर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिने र चालीस लाख नेपालीहरुको पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी। 
१७. तराई–मधेशका र पहाडका १८ लाख हेक्टर भन्दा बढी खेती योग्य जमीन बाह्रै महिना सिंचित। 
१८. प्रमुख तरकारी र खाद्यान्नहरुमा नेपाल आत्मनिर्भर। 
१९. मोबाइल फोनको पहुँच जनसंख्याको अनुपातमा १३५ प्रतिशत पुगेको र इन्टरनेट सबै गाउँ तथा नगरपालिकामा उपलव्ध। 
२०. नेपालको ७५ प्रतिशत भन्दा बढी जनसंख्याको व्यवस्थित, सुविधासम्पन्न, आधुनिक नगरहरुमा बसोबास। 
२१. सबै नयाँ भवनहरु अनिवार्य रुपले भूकम्प प्रतिरोधी। 
२२. बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपद्का अकालमा मृत्यु हुनेको संख्या अहिलेको वार्षिक औसत ४१५ जनाबाट घटेर २ दर्जन भन्दा कम। 
२३. नेपालको ४५ प्रतिशत भू–भाग वनले ढाकेको हुने, जलवायुपरिवर्तन र अल्प–कालीन जलवायु प्रदूषकहरुको नकारात्मक प्रभावलाई यथासम्भव न्यूनीकरण। 
२४. सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाहरु वातावरण संरक्षण, आर्थिक विकास तथा सामाजिक सेवामा तत्परताका साथ सहकार्य। 
२५. सबै तहमा संसदीय लोकतन्त्रको जगमा समावेशी, उत्तरदायी, भ्रष्टाचार–रहित शासन व्यवस्था कायम।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell