PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'नाका'को लागि नाका जाँदै भस्मे



पहिलोपोस्ट

'नाका'को लागि नाका जाँदै भस्मे

काठमाडौं: फिल्म 'नाका' छायाँकन सुरु हुनु तीन दिन अघि छायाँकन स्थलमा पुगेको छ। नेपालका लागि भारतले गरेको नाकाबन्दीले नाकामा रहेका ग्याङ्गस्टरहरुमा पारेको असर माथी फिल्म बन्न लागेको हो। त्यसैले फिल्म युनिट सिन्धुपाल्चोकको तातोपानी नाका छायाँकन हुने बताइएको छ। फिल्म बिहिबारबाट सुटिङका लागि निस्कने भएपनि सेटिङ अवलोकनको लागि युनिटका केही सदस्य पुगेका हो।

नाकाको लागि नाका तिर भन्दै मुख्य अभिनेता विपिन कार्कीले फुसबुकमा पोस्ट सियर गरेका छन्।



फिल्ममा मुख्य अभिनेता रहेका छन् विपिन कार्की। अमित श्रेष्ठको निर्देशन रहने फिल्ममा विपिन कार्कीसँगै रोविन तामाङ, थिन्ले ल्हमो, प्रकाश गन्धर्व, शिभ मुखिया, साजन थापा मगर लगायतको मुख्य भूमिकाको लागि पक्का भएका छन्।

फिल्मको कथा भाव झल्काउने स्केच सहितको पोस्टर समेत सार्वजनिक भएको छ। जसमा खासा छेउमा एक पात्रलाई देख्न सकिन्छ। फिल्मलाई मिडिया पोर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गरेको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell