PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ठमेलको गेस्ट हाउसबाट २६ वटा आइफोनसहित युवक पक्राउ



ठमेलको गेस्ट हाउसबाट २६ वटा आइफोनसहित युवक पक्राउ

काठमाडौँ : धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय राजन भट्टलाई भंसार छली गरी लुकाई छिपाई राखेको २६ थान आइफोनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित नमस्ते गेष्ट हाउसको चौथो तल्लामा रहेको कोठा नम्बर ११० बाट भट्टलाई प्रहरीले उक्त आईफोनसहित पक्राउ गरेको हो । 
    
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell