PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डिआइजी नवराज सिलवालको मुद्दामा सर्वोच्चको अर्को आदेश



डिआइजी नवराज सिलवालको मुद्दामा सर्वोच्चको अर्को आदेश

काठमाडौँ : डिआइजी नवराज सिलवालको मुद्दामा सर्वोच्चले आज फेरि अर्को आदेश जारी गरेको छ। 

सिलवालले गएको चैत ३१ गते उत्प्रेषण आदेश माग गरी र वैशाख १० गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल आफूलाई पक्रने, कारबाही गर्ने कामबाट रोक्न अन्तरकालीन अन्तरिम आदेश माग गरी अर्को रिट दायर गरेका थिए। 

दुवै रिटको आज सँगै सुनुवाई जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको पूर्ण इजलासले गरेको हो। सर्वोच्चले वैशाख १० गते सिलवालले दर्ता गरेको पुरक निवेदनमा माग गरिएबमोजिम आदेश जारी गरेको छ। आदेश बमोजिम अब वैशाख १९ गतेको सुनुवाई अघि छानबिनका कुनै पनि प्रक्रिया अघि बढाउन रोक लागेको छ। 

यसअघि हिजो सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै डिआइजी सिलवाललाई अदालतमा हिजै उपस्थित गराई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो। तर प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थिएन। 

विस्तृत विवरणका छिट्टै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell