PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भूकम्पको दुई वर्ष : २२ फोटोमा हेर्नुस् यस्तो छ अहिले भक्तपुरको अवस्था

भूकम्पको दुई वर्ष : २२ फोटोमा हेर्नुस् यस्तो छ अहिले भक्तपुरको अवस्था


दुई वर्षअघिको विनाशकारी भूकम्पले नेपालका धेरै जिल्‍ला प्रभावित भए। भक्तपुरको दृश्य भने अरु ठाउँको भन्दा भिन्न थियो। उपत्यकाको यो सहरभित्र दिउँसै घाम लाग्दैन थियो।

अग्ला घरहरु र साँघुरा गल्ली। भूकम्पको झड्काले यो सहरलाई यसरी तहसनहस पार्‍यो कि उद्दार गर्न जानेहरु सहजै भित्र छिर्न सकेनन्। सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा जुट्दा पनि भत्किएका घरको धेरै भित्र छिर्न सक्ने अवस्था थिएन। त्यसैले नजिक भएर पनि उद्दारमा टाढा रह्यो यो सहर।

भूकम्पको तेस्रो दिन स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा आँखाले भ्याएसम्म भत्किएका घरमात्रै देखिन्थे। बाटो कहाँ हो र घर कुन हो छुटिन्न थियो। दत्तात्रय मन्दिरबाट पूर्वपट्टीको चोकबाट उत्तर र दक्षिण घरहरु पूरै भत्किएका थिए। पुरानो सहर भक्तपुरमा मानिस हराउने गल्लीहरु यसकै ओरपर थिए। ती गल्ली अहिले गुमनाम छन्। घर कुन र बाटो कुन हो उद्दारमा खटिएकाहरुले नै पहिल्याउन सकेका थिएनन्। (हेर्नुस् स्थलगत रिपोर्टिङ) 

पोहोर फेरि रिपोर्टिङका लागि त्यहाँ पुग्दा भक्तपुरका दुई रुप देखिएका थिए। विदेशी पर्यटकहरु यहाँको काष्ठकला र वास्तुकलाको सौन्दर्यमा रमाइरहेका थिए। दरवार स्क्वायरमा स्कुले बालबालिकाहरु कार्यक्रममा सक्रिय थिए। कफी पसलहरु भरिभराउ देखिएका थिए। तामला गल्लीमा छिरेपछि देखियो – क्यालेन्डर फेरिँदा पनि यहाँको अवस्था फेरिएको रहेनछ। 

तामला गल्लीभित्र पुगेपछि हामी खुला मैदानमा पुगे झै भयौं। माटोले भरिएका मैदान। भूकम्प गएको १२ महिना पूरा हुँदा पनि यहाँबाट भत्केका घरका माटोहरु बाहिर निकालिएको थिएन। हामीले वर्षदिन अघि जुन घरमा महिलाले छोरीका लागि लुगा खोजिरहेको देखेका थियौं त्यो घर अहिले पनि उही अवस्थामा थियो। अनि त्यहाँभित्रका सबै घर ढलेका मात्र थिए। 

अहिले कस्तो देखिन्छ त भक्तपुर? इलिट जोशीले आफ्नो लेन्सबाट नियालेका छन्। हेर्नुस् फोटोहरु
निर्माण सामाग्री थुप्रिएको छ। तर घर बनिसकेका छैनन्
घर बनाउने तयारी भने हुँदैछ। तर भग्नावशेष भत्काइसकिएको छैन।
दुई वर्षदेखि उस्तै छ यहाँको अवस्था
कतिपय घर टेकोले अडिएको छ
सम्पदा स्थलको अवस्था पनि भिन्न छैन। यहाँ पनि टेकोको भर छ।
मन्दिर पुननिर्माणको क्रम जारी छ।


ट्रेन्डिङ पोस्ट

Ncell