PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दीपक क्षेत्रीको घाँटीको शल्यक्रिया सम्पन्न, रिपोर्टले देखाउनेछ उपचार खर्च



पहिलोपोस्ट

दीपक क्षेत्रीको घाँटीको शल्यक्रिया सम्पन्न, रिपोर्टले देखाउनेछ उपचार खर्च

काठमाडौं: घाँटीको नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार दिपक क्षेत्रीको शल्यक्रिया भएको छ। मंगलबार नक्साल स्थित हिमाल अस्पतालमा वरिष्ट नाक कान घाँटी विशेषज्ञ डाक्टर विमल सिंहा नेतृत्वमा क्षेत्रीको उपचार सुरु भएको हो।

दुई हप्ता अघिबाट दीपक शल्यक्रियाका लागि परिक्षण चरणमा थिए। आज भएको शल्यक्रिया पश्चात क्षेत्रीको घाँटीमा पलाएको मासुको टुक्रा निकालिएको छ। र उनको घाँटीबाट निकालिएको मासु परिक्षणको लागी ल्याब पठाएको बताइएको छ। उक्त परिक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई के भएको भन्ने पत्ता लाग्ने डाक्टर सिंहाले जानकारी दिएका छन्।

आर्थिक अभावका कारण चार वर्षयता थल्लिएका क्षेत्री उपचार नगराई बसेका थिए। उनी अभिनित फिल्म 'राज्जा रानी' र चलचित्र पत्रकार संघ नेपालले उनको उपचारका लागि सहयोग अभियान सुरु गर्‍यो। संघका अध्यक्ष सन्दिप सापकोटाले हालसम्म उनको उपचारको लागी देश विदेशबाट गरि ३० लाख रुपैया संकलन भएको जानकारी दिए।

भने,'डाक्टरका अनुसार उपचार प्रक्रिया अघि बढेको र संभवतः जेठ महिनाको पहिलो सातासम्म उपचार सम्पन्न भईसक्ने जानकारी आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell