PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

डिआइजी सिलवालको विषयमा आएको समाचारमा हेडक्वार्टरले दियो स्पष्टिकरण



डिआइजी सिलवालको विषयमा आएको समाचारमा हेडक्वार्टरले दियो स्पष्टिकरण

काठमाडौं : नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआइजी नवराज सिलवाललाई मन्त्रिपरिषद्को निर्णय बमोजिम सोधपुछको लागि बोलाएको जानकारी गराएको छ। प्रहरीले आज विज्ञप्ति जारी गरी केही संचार माध्यममा आएका समाचार तथ्यपरक नभएको भन्दै खण्डन समेत गरेको हो।

प्रहरीले जारी गरेको विज्ञप्तिमा डिआइजी सिलवाले अदालतमा पेश गरिएको कार्यसम्पादन मूल्याङ्कन फाइलको 'स्रोत' र 'वैधानिकता' खुलाउन छानबिन समिति गठन भएकाले समितिले सोमबार सूचना पत्र दिई सिलवाल आफ्ना कानुन व्यवसायीसहित प्रहरी प्रधान कार्यालय आएको र बयान लिएको उल्लेख छ।

अपराध अनुसन्धान विभागमा बयानपछि सिलवालाई सकुसल घर पुर्‍याएर छोडिएको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले सिलवालका विषयमा भएको छानविनको विषयमा सर्वोच्व अदालतमा समेत मंगलवार नै जाहेरी दिएको जनाएको छ।

प्रहरीले सिलवाललाई पक्राउ गरी हिरासतमा राखेर छानविन भइरहेको समाचार सार्वजनिक भएको थियो। प्रतिपक्षी नेता केपी ओलीले समेत संसदमा बिना पूर्जी डिआइजीलाई पक्राउ गरेको भन्दै संसदमा सरकारको आलोचना गरेका थिए।

डिआइजी सिलवाल स्वयमले पहिलोपोस्टसँग कुराकानीमा आफू 'कस्टडी'मा रहेको बताएका  थिए। प्रहरीले हिजो उनको घरमा छोडिएको बताए पनि सिलवाल ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भर्ना भएका थिए।
 

सम्बन्धित समाचार 

यस्तो छ डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश
डिआइजी सिलवाललाई सर्वोच्चको आदेश अनुसार अदालत लगिएन, प्रवक्ता भन्छन्- घर पुर्‍याइयो, उनी अस्पतालमा
ओलीले संसदमा गरे डिआइजी नवराज सिलवालको बचाउ
डिआइजी पक्रन पूर्जी नचाहिने संशोधन ल्याउनुस् : संसदमा ओलीको गर्जन
डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश
स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’
सरकारी कागज कीर्तेमा नवराज सिलवालमाथि कारबाही तयारी,  यसरी गरिएको थियो कीर्ते हेर्नुस् फाइल 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell