PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘मनमा ठूलो’मा विदेशिएका युवाको कथा



‘मनमा ठूलो’मा विदेशिएका युवाको कथा

काठमाडौं: गायिका तथा गीतकार लक्ष्मी राईको स्वर तथा शब्द रहेको आधुनिक गीत ‘मनमा ठूलो’ को भिडियो सोमबार सार्वजनिक भएको छ। केशव पौडेलद्वारा संगीतबद्ध गीतमा आमोश तामाङले संगीत संयोजन गरेका छन्।

यूट्युबमार्फत सार्वजनिक गरिएको भिडियोलाई संगीतकर्मी डिबी खड्काले निर्देशन गरेका हुन्। गायिका राईको एल्बम ‘दोस्रो भेट’मा गीत समावेश छ। गीतको भिडियोमा मोडल विजयलक्ष्मी राई तथा थिएटर आर्टिष्ट ज्योती राईले अभिनय गरेका छन्।

अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोका सम्पादक सुरेश राउत हुन्। विदेशमा भोग्नु पर्ने दुःखलाई गीतमा चित्रण गरिएको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell