PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विनाशकारी महाभूकम्पको दुई वर्ष : सरकारको अनुदानबाट एउटा पनि घर बनेन्



पहिलोपोस्ट

विनाशकारी महाभूकम्पको दुई वर्ष : सरकारको अनुदानबाट एउटा पनि घर बनेन्

काठमाडौँ : २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पको दुई वर्ष पूरा भएको छ। तर, भूकम्पपछिको पुननिर्माणले भने अझै गति लिन सकेको छैन। सरकारले उपलव्ध गराएको अनुमादनबाट दुई वर्षको अवधिमा एउटा पनि निजी आवास पुनर्निर्माण हुन सकेन। 

विवादका कारण झण्डै एक वर्षसम्म सुरु हुन नसकेकको पुनर्निर्माण २०७३ पुसबाट सुरु भएको थियो। सरकार परिवर्तनसँगै प्रमुख कार्यकारी अधिकृत फेरिए तर भूकम्पपीडितको टहराको बास फेरिन सकेको छैन। दुई वर्षको अन्तरालमा तीन सरकार फेरिए पनि जनताको भूकम्पपछिको कष्टकर दैनिकीमा कुनै फेरबदल आएको छैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म १८ हजार ६ सय ३३ निजी घर निर्माण भएका छन्। निर्माण भएका घर लाभग्राही आफैले निर्माण गरेका हुन्। 


९० परातात्विक सम्पादको पुनर्निर्माणको काम भएको छ। जम्मा सात सय ५० पुरातात्विक सम्पदामा क्षति पुगेको थियो। जसमा एक सयउ ३३ मा पूर्ण क्षति र ६१७ मा आंशिक क्षति पुगेको थियो।



८ हजारमध्ये एक हजार एक सय ४१ विद्यालयको निर्माण गर्ने काम सएिकको छ। एक हजार ५९ निर्माण चरणमा रहेका छन्। दुई सय स्वास्थ्य संस्थाको मात्र निर्माण कार्य सम्पन्न भएको छ। चार सय ४० स्वास्थ्य संस्था पूर्ण रुपमा क्षति भएका थिए। 

दुई हजार ६ सय ८८ सरकारी भवन पुनर्निर्माण गर्नुपर्ने प्राधिकरणको तथ्याङ् भए पनि हालसम्म एउटा पनि भवन बन्न सकेका छैनन्। निर्माणका लागि ठेक्का प्रक्रियामा ५२ वटा रहेको प्राधिकरणको तथ्याङ्क छ।



नेपाली सेनाले भने ३३ भवन पुनर्निर्माण गरेका छ। चालू आर्थिक वर्षमा थप ३७ भवनको पुननिर्माण सक्ने लक्ष्य छ। भूकम्पले क्षति पुगेका सडकको पुनर्निर्माण प्रक्रिया पनि शुरु हुन नसकेको प्राधिकरणको तथ्याङ्क छ।

जोखियुक्त वस्ती पहिचान भए पनि अन्यत्र सार्न सिफारिस गर्नेबाहेक कुनै काम अघि बढेको छैन। चार सय ५० जोखिमयुक्त बस्ती पहिचान भएका छन्। एक सय ११ बस्ती स्थानान्तरणका लागि सिफारिस भएका छन्। 

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही पहिचान भएका छन्। पाँच लाखभन्दा बढीले पहिलो किस्ता अनुदान रकम पाए पनि दोस्रो किस्ताको रकम निकै कम संख्याले मात्र पाएका छन्।

भूकम्पबाट प्रभावित अन्य १७ जिल्लामा हालसम्म ९० हजार ५ सय लाभग्राही पहिचान भई ५ जिल्लामा पहिलो किस्ता अनुदान सम्झौताको काम
सुरु भएको छ।

२०७२ वैशाख १२ गते र २९ गतेको भूकम्पमा परी ८ हजार ४ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो। भूकम्पमा १७ हजारभन्दा बढी घाइते भएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell