PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीन वर्षपछि फेरि 'पलेँटी श्रृंखला' हुने



पहिलोपोस्ट

तीन वर्षपछि फेरि 'पलेँटी श्रृंखला' हुने

काठमाडौं: ‘पलेँटी श्रृंखला’ नामक सांगीति कार्यक्रम पुन: सुरु हुने भएको छ। तत्कालिन सर्जकहरुको सम्मानमा उनीहरुकै उपस्थितीसहित प्रस्तुत हुने यो सांगीतिक कार्यक्रमले झण्डै तीन वर्षका लागि स्थगित भएको थियो।

यही बैशाख १५ गतेबाट पलेँटी श्रृंखला पुन: सुरु हुने भएको हो। कालिकास्थानस्थित आरशालामा हुने बताइएको छ।

अंग्रेजी क्यालेन्डर अनुसार हरेक महिना अन्तिम शुक्रबार यो कार्यक्रम गर्ने आयोजक नेपालयले जानकारी दिएको छ। दोस्रो संस्करणको पहिलो श्रृंखलामा  कवि तथा गीतकार दिनेश अधिकारीले प्रस्तुत गर्नेछन्।

'नेपालयले सुरुगरेको यो लघुसांगीतिक अभियानको मुख्य उद्देश्य श्रोता र सर्जकको सम्बन्धलाई निकट र सौहाद्र्रपूर्ण बनाउनु हो,' नेपालयका लागि सम्पर्क अधिकृत रहेका अर्पण शर्माले बताए।

सन् २००५ देखि पलेँटी शुरु भएको हो।

नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्,‘नेपाली आधुनिक संगीतको क्षेत्रमा योगदान पुर्‍याउने हस्तिहरुको सम्मान र नेपाली संगीतकै स्वर्णिम कालको फेरि सम्झना गर्ने उद्देश्यका साथ हामीले पलेँटीलाई ब्यूँताउने निधो गरेका हौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell