PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यथार्थ कथाको ‘तुइन’ ट्रेलर रिलिज



पहिलोपोस्ट

यथार्थ कथाको ‘तुइन’ ट्रेलर रिलिज

काठमाडौं: त्रिशुली नदी आसपास बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका बासिन्दाले नदी वारपार गर्न प्रयोग गर्ने 'तुइन' र तुइनसँग जोडिएको कथामा फिल्म तयार भएको छ। ठूलो नदी र पुलको यथार्थ समस्यालाई चित्रण गरेको फिल्म ‘तुइन’ को ट्रेलर रिलिज भएको छ। सोमबार ट्रेलर सार्वजनिक भएको हो।

त्रिशुली नदि आसपास बसोबास गर्नेहरुको सपनाहरुलाई तुइनको डोरीसँग जोडेर तयार पारिएको भनिएको फिल्मले केही वर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर ज्यान गुमाएका बालबालिकामध्ये ज्यान बचाउन सफल किशोर सुरज थापाको वास्तविक कथा बोल्छ।

फिल्मलाई उत्सव थपलियाले निर्देशन गरेका छन्। ‘तुइन’मा सुरज थापासँगै पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन्।

फिल्मलाई सृजना उप्रेतीले निर्माण गरेकी हुन्। पछिल्लो समय फिल्मको परिचय नै ग्ल्यामरस हो भन्ने प्रभाव बढ्दै जाँदा सामाजिक विषयवस्तुहरु पछि परेको भन्दै यो प्रकारको वास्तविक कहानीलाई बाहिर ल्याउन आवश्यक देखेकै कारण तुइन बनेको निर्मात्री उप्रेतीको उनको भनाई छ।

आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ। फिल्मको परिकल्पना अञ्जना बस्नेतको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell