PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

'जोनी जेन्टलम्यान'को 'क्याट वाक'



 'जोनी जेन्टलम्यान'को 'क्याट वाक'

काठमाडौं: युट्युबमा नेपाली सर्ट फिल्मका लागि चर्चामा रहेको 'योर स्टाइल' अब सर्ट फिल्मको हिट्समा सिमित नरहने भएको छ। योर स्टाइलको  ब्यानरमा पहिलो फिचर फिल्म 'जोनी जेन्टलम्यान' तयार भएको हो।

फिल्म युनिट प्रचार प्रसारका लागि दर्शकमाँझ विभिन्न माध्यममार्फत एखिन थालेका छन्। अप्रिलको सुरुवातमा युनिटले फिल्मका लागि पहिलो गीत सार्वजनिक गरेको थियो भने आइतबार दोस्रो नयाँ गीत सार्वजनिक गरेको छ। 'क्याट वाक' बोलको गीत युट्युबमार्फत रिलिज भएको हो। जसमा मुख्य कलाकार पल शाह र निलम चन्दको फिचरिङ रहेको छ।

'तिमी बिना मान्दैन' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनि भएको थियो। फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन्। फिल्म आउँदो जेठ १९ गतेबाट प्रदर्शनमा आउँदै छ।

फिल्ममा भने भारतको मुम्बई, सिक्किम, दार्जिलिङ एवं नेपालको दृश्य देख्न सकिन्छ।

हेर्नुस् भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell