PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संविधान संशोधन प्रस्ताव संसदमा टेबल, नेमकिपाको मात्र नाराबाजी, एमाले मौन



संविधान संशोधन प्रस्ताव संसदमा टेबल, नेमकिपाको मात्र नाराबाजी, एमाले मौन

काठमाडौँ : संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा टेबल भएको छ। कानुन मन्त्री अजयशंकर नायकले सरकारले गत चैत २९ गते संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव टेबल गरेका हुन्।

यस क्रममा नेपाल मजदुर किसान पार्टीका सांसदहरुले उभिएर नाराबाजी गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु भने चुप बसे। सुरुमै प्रतिपक्षी दलका नेता केपी ओलीले रोष्ट्रममा अभिव्यक्ति दिँदै संविधान संशोधनको विरोध गरेका थिए।

यसअघि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा एमालेले संसद अवरोध गरेको थियो। संशोधन प्रस्ताव टेबल हुँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए।

सरकारले उक्त संविधान संशोधन प्रस्ताव चैत २८ गते फिर्ता लिएर भोलिपल्ट अर्को संशोधन दर्ता गराएको थियो। 

मधेसी मोर्चासितको सहमतिपछि संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने भनिए पनि अहिले सरकारले पुरानै प्रस्ताव टेबल गरेको हो। यसमाथि संशोधन हालेर सहमति कार्यान्वयन गर्ने तयारी छ।

ओलीले पनि आफ्नो अभिव्यक्तिको क्रममा 'संशोधनमाथि संशोधन गरेर सर्वस्वीकार्य बनाउन सकिने' बताएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell