PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'छक्कापञ्जा' टिम फुट्ने हल्ला, के भन्छन् सम्बन्धित व्यक्त



पहिलोपोस्ट

'छक्कापञ्जा' टिम फुट्ने हल्ला, के भन्छन् सम्बन्धित व्यक्त

काठमाडौं: फिल्म छक्कापञ्जाको सिक्वेल 'छक्कापञ्जा २'को चर्चा फिल्म घोषणा देखिनै सुरु भएको छ। कहिले रिलिज मिती परिवर्तन त कहिले नाममै निर्मण युनिट अलमल्ल, कहिले साम्राज्ञीले फिल्म अस्विकार गरेको खबर त कहिले निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्ममा इन्ट्रि। यि त फिल्म निर्माण प्रकृया सुरु हुनु अघि बनेका र बनाइएका गसिपहरु हुन्।

फिल्म सुटिङमा निस्कनु अघि फिल्मको प्रिक्वेल निर्माण युनिटमा रहेका हास्यकलाकारहरुको टिम छुट्टिएको हल्ला छ। फिल्ममा सह निर्माता रहेका निर्मल शर्मा 'गैंडा' र सीताराम कट्टेल 'धुर्मुस्' नरहने भनिएको हो। हल्ला बारे बोल्दै धुर्मुसले पहिलोपोस्टसँग

भने,'तीन फिल्मदेखी हामी सँगै छौं र छक्कापञ्जा २ मा पनि सँगै हुनेछौं। पर्दामा देखिनु नदेखिनु फरक कुरा हो।' फिल्म निर्माणमा आफ्नो पनि भूमिका रहेपनी अभिनयमा भने रहने वा नरहने भन्ने विषयको टुङ्गो नलागेको उनले बताए। धुर्मुसले आफू छायांकनको समय व्यस्त रहने भएकाले फिल्मको पर्दामा देखिने सम्भावना कम भएको जानकारी दिए।

भने,'च्यारिटी शोहरुका लागि विदेशमा कार्यक्रम छन्। र मुशहर बस्तीमा पनि सामान प्रयोगको तालिम दिनु छ', उनले व्यस्तताको कारण प्रस्ट पारे। केहि गम्भीर हुँदै भने,'छक्कापञ्जा हामी हास्यकलाकारको प्रतीनिधि गर्ने फिल्म हो कसरी फिल्म युनिटलाई छोड्न सक्छु?'

त्यस्तै निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलासँग १५ वर्ष लामो सहकार्य गरेका कलाकार निर्मल शर्मा गैंडा भने फिल्म निर्माणमा पनि नरहने शर्माले पुष्टि गरे। भने,'मैले समय दिन नभ्याउनु नै मुख्य कारण हो। एपीवान टेलिभिजनको कमेडी शो टेन टू फाइभ र फिल्म डन्डिबियोका लागि बढी समय दिनुपर्ने भयो', निर्मलले आफू छक्कापञ्जा २मा नरहनुको कारण बारे बोले।

भने,'दीपक दीपा मेरा लागि अभिनयको अभिभावक हुँ। कोही पनि अभिभावकबाट टाढिन सक्दैन। यो फिल्ममा सहकार्य नरहे पनि साथ र सुभेच्छा रहन्छ। र अर्को प्रोजेक्टमा पुन: सँगै हुन्छौं।'

नेपाली फिल्म इतिहासमा व्यवसायिक हिसाबमा प्राय सबै रेकर्ड तोडेको फिल्म हो छक्कापञ्जा। फिल्म सफल हुनुको श्रेय हास्यकलाकार र प्रविधिकको टिमवर्क रहेको युनिटको दाबी थियो। तर अब सिक्वेलबाट फिल्मका छायाँकार पुरुषोत्तम प्रधान पनि नरहने भएको बताइएको छ। कार्य व्यस्तताका कारण प्रधानले छक्कापञ्जा छायाँकनमा रहन नपाएको बताए।

राजन राज सिवाकोटी चाही स्वयम अन्यौलमा छन्। उनले यसअघि वडा नं ६का लागि दिएको 'सुर्के थैली खै?' र छक्कापञ्जाका लागि दिएको 'पूर्व पश्चिम रेल'ले फिल्म प्रचारमा चाहिदो भूमिका मात्र निर्वाह गरेन क्रमश पहिलो र छोटो समयमा एक करोड युट्युब हिट्सको रेकर्ड समेत बनायो। तर छक्कापञ्जा दुईमा राजनराज सिवाकोटीको गीत नरहने हल्ला छर यसबारे राजन भन्छन्,'मलाई त यस विषयमा केही जानकारी नै छैन।'

केही दिन अघि निर्देशक दीपाश्री निरौलाले आफूसँग छक्कापञ्जा दुईका लागि गीत लेखन सक्यो कि छैन भन्ने प्रश्न गरेको जानकारी दिए। भन्छन्,'गीत नराख्ने भए मलाई किन सोध्नु हुन्थ्यो। नराख्ने नै भएपनि ‍औपचारिक जानकारी आउला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell