PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव सुवेदीको निधन



पहिलोपोस्ट

मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव सुवेदीको निधन

काठमाडौं : मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव पदमराज सुवेदीको निधन भएको छ। पैदल हिडिरहेका सुवेदीलाई बाटो काट्ने क्रममा आइतबार अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको थियो। 

अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो। घाइते सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell