PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्याङ्करको ठक्करबाट सहचालकको मृत्यु



पहिलोपोस्ट

ट्याङ्करको ठक्करबाट सहचालकको मृत्यु

रत्ननगर : पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। 

यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। 

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्याङ्कर चालक भने पूर्वी चितवनस्थित भण्डारा प्रहरीको नियन्त्रणमा रहेका छन्। 

यता चितवनको नारायणी नदीमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाङका अन्दाजी १७÷१८ वर्षका जङ्गबहादुर बगडीको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell