PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शेयर आवेदनमा पैसा होल्ड हुने युग समाप्त, जेठदेखि बिक्री बन्द भएको दुई सातामै बाँडफाँड



पहिलोपोस्ट

शेयर आवेदनमा पैसा होल्ड हुने युग समाप्त, जेठदेखि बिक्री बन्द भएको दुई सातामै बाँडफाँड

काठमाडौं : आउँदो महिनादेखि प्राथमिक शेयर निस्कासनको बाँडफाँड १५ दिन भित्रै हुने भएको छ। आश्वालाई पूर्ण कार्यान्वयनमा ल्याएर बाँडफाँड अवधि छोट्याउन लागेको केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससी० का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए।

‘आश्वा सेवा प्रदायक बैंक तथा वित्तिय संस्थालाई आस्वा बेस अनलाइन एक्सेस नामक एप्लिकेसन उपलब्ध गराउँदैछौँ, उनले भने – त्यसपछि आश्वाबाट शेयर आवेदन गर्ने वित्तिकै हाम्रो सिष्टममा उक्त तथ्याङ्क आउनेछ।’ अहिले आश्वाबाट कसैले शेयर आवेदन दिए सम्बन्धित बैंकले सिडिएससीलाई भौतिक रुपमा जानकारी दिनुपर्नेछ। त्यसपछि मात्र सिडिएससीले सम्बन्धित बिक्री प्रबन्धककहाँ जानकारी पठाउँदै आएको थियो।
 
अब आश्वा सेवा दिने बैंकबाट कुनै लगानीकर्ताको आवेदन दिने वित्तिकै तत्कालै सिडिएससीले अनलाइन सूचना पाउनेछ। सिडिएससीले लगानीकर्ताको सम्पूर्ण व्यक्तिगत विवरण अनलाइन सिष्टममा राखिसकेको छ। सोही कारण बिक्री प्रबन्धकले अनलाइन प्रणालीबाटै सम्बन्धित लगानीकर्ताको व्यक्तिगत विवरण र उसले दिएको आवेदनबारे जानकारी पाउनेछ। 

भौतिक रुपमा कागजी फारमबाट समेत आवेदन दिन पाइने व्यवस्था कायम रहुन्जेल बाँडफाँडको समय अधिकतम १५ दिने हुने र आश्वा मात्र कार्यान्वनयमा आएपछि बिक्री बन्द लगत्तै बाँडफाँड गर्न सकिने गुप्ताको भनाइ छ। कागजी आवेदकहरुको पनि सम्पूर्ण व्यक्तिगत विवरण अनलाइन सिष्टममा रहने हुँदा बिक्री प्रबन्धकले दोहोर्याकएर अद्यावधिक गरिरहनु पर्दैन।

लगानीकर्ताको डिम्याट खाता नम्बर  ‘टाइप’ गर्ने वित्तिकै सम्पूर्ण जानकारी सिडिएससीको सिष्टमबाट नै प्राप्त हुन्छ। भौतिक फारम भर्ने लगानीकर्ताको डिम्याट खाता नम्बर  र उसले चाहेको शेयर संख्या मात्र टाइप गर्नु पर्ने हुँदा यो प्रकृया पनि छोटो हुने गुप्ताको भनाइ छ।
 
आश्वाबाट शेयर आवेदन दिँदा अहिले प्रति व्यक्ति १०० रुपैयाँ हाराहारी शुल्क लाग्दै आएको छ। सोही कारण साना लगानीकर्ता यो प्रणालीमा आकर्षित हुन सकेका छैनन्। सबै लगानीकर्तालाई तान्न अहिले आश्वाको शुल्क घटाउनेबारे छलफल भइ रहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बताए। 
 
‘आश्वाको कार्यान्वयन आफैंमा चुनौतीपूर्ण थियो, उनले भने( अब यो सफल भइसकेको छ। प्रतिस्पर्धात्मक बजारमा यसको शुल्क आफैं तल आउनेछ।’ 

यसबारे बोर्ड आफ्नो तर्फबाट पहल जारी राखेको समेत उनले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell