PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दीनेश राउतको पहिलो थ्रिलर निर्देशन 'पर्व', यस्तो छ ट्रेलर



दीनेश राउतको पहिलो थ्रिलर निर्देशन 'पर्व', यस्तो छ ट्रेलर

काठमाडौं: लभ स्टोरी र रोमान्टिक ड्रामा जानराको फिल्महरु निर्देशन गर्दै आएका निर्देशक दीनेश राउतले रोमान्टिक थ्रिलर फिल्म निर्देशन गरे। फिल्म 'पर्व' मार्फत उनले आफ्नो निर्देशन विधालाई केही मोडे। आइतबार सार्वजनिक ट्रेलरले फिल्म रोमान्टिक कथामा आधारित नरहेको प्रस्ट पार्छ।

निर्देशक दीनेश राउत भन्छन्,'यो फिल्म निर्देशन मेरो आफ्नै लागि च्यालेन्ज हो। मैले यसअघि थ्रिलर जानराको फिल्म निर्देशन त के राम्रोसँग हेरेको पनि थिईंन।' सक्छु या सक्दिन भन्ने द्विविधाबिच फिल्ममा हात हालेको जानकारी उनले दिए। कवि तथा लेखकको भूमिकामा छन् कोसिस क्षेत्री। उनले उनको फ्यानको भूमिकामा देखिएकी अभिनेत्री नम्रता श्रेष्ठसँग प्रेममा पर्छिन्। र सुरु हुन्छ फिल्मको टर्न एण्ड ट्विस्ट।

फिल्मको हिट आइटम गीत 'काले दाइ'ले चर्चामा ल्याएकी अभिनेत्री हुन् माला लिम्बु। सस्पेन्स प्लटले पनि ठाउँ पाएको फिल्ममा माला सुमन पात्रको भूमिकामा देखिने लिम्बुले जानकारी दिइन्। अर्की मुख्य पात्र हुन् जेबिका कार्की जो रियाको रुपमा देखिदै छिन् प्रिया रिसाल, श्रेयश तिमिल्सिना, पवन धन्कुटे, विशाल पहाडी लगायतको पनि अभिनय देख्न सकिन्छ।

जेठ १२बाट प्रदर्शनमा आउने फिल्मको गीतले पनि प्रचार प्रसारको राम्रै काम गरेको छ। गीतमा निर्देशक राउतकै शब्द रहेको छ। गायन निर्देशक तथा कलाकर निश्चल बस्नेत र मीरा निरौला र संगीत नायक कोसिस क्षेत्रीको रहेको छ। कोसिस क्षेत्रीकै कथा रहेको फिल्मलाई सुवास गिरी र निकिता पौडेलले निर्माण गरेका हुन्।

पर्व विशेषमा घटेको घटनाले मुख्य पात्रको मनसिक स्थितीमा परेको असर फिल्मको मुख्य केन्द्र हो।

हेर्नुस् फिल्मको ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell