PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ : आज बिहान ९:३० बजे काठमाडौंको अनामनगरस्थित सडकखण्डमा अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाण्डौ जिल्ला अनामनगर बस्ने ७९ वर्षका पदमराज सुवेदी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारको क्रममा नर्भिक अस्पतालमा १५:४५ बजेको समयमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell