PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पत्रकार जनकराज सापकोटाको 'कहर' वर्ष किताब घोषित



पत्रकार जनकराज सापकोटाको 'कहर' वर्ष किताब घोषित

काठमाडौं: सन् २०१६ मा पत्रकार जनकराज सापकोटाले किताब 'कहर' प्रकाशनमा ल्याए। वैदेशिक रोजगारीका लागि बाहिरिन बाध्य नेपालीहरुको कथा बोकेको किताब 'वर्ष किताब २०१६' घोषित भएको छ। 

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशन सङ्घले जनकराज सापकोटाको किताबलाई वर्ष किताब घोषणासँगै लेखक तथा प्रकाशकलाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गर्‍यो। 

किताब बारे लेखक जनकराज सापकोटाले भने,'कहर लेख्दा जोडिएको सुखद संयोगहरु छैनन्। किनकी यो किताबका लागि मैले दुःखका कथाहरु खोजें।'

सम्मान कार्यक्रममा उनले किताब प्रकाशन पछिको क्षण चाहीँ सुखद रहेको बताउँदै भने,'किताब निकालेपछि पाठक प्रतिक्रिया, प्रकाशकको खुसी र म जोडिएको संघ संस्था र साथीहरुले दिएको साथका कारण आज कहर वर्ष पुस्तक बन्न सफल भयो।' 

'कहर'मा ग्रामीण जीवन,अर्ध सहर र सहरबाट टाढा रहेका पात्रहरु रोजगारका लागि विदेशिनु पर्ने बाध्यता केन्द्रमा रहेको छ। 

जनकराज सापकोटाले किताब लेखन तथा प्रकाशनमार्फत विधि, व्यवस्था र राजनीति सुधारका लागि दवाव दिन सामाजिक सञ्जालमा कुण्ठा पोख्ने बाहेक केही फरक काम गरेको दाबी गरे। 

'नेपालमा दैनिक रोजगारीका लागि विदेशिएकाको ४ देखि ६ कफिन भित्रन्छ। दैनिक  बाह्रदेखि पन्ध्र सय सम्म युवा विदेशिन्छन्। आजकालका बालबालिका भाइबर भिडियोबाट बुबा चिन्छन्। उनीहरुलाई बाको काँधमा घोडचढी के हो थाहा छैन', किताब लेखिनुको कारण प्रस्ट्याउदै भने,'यही बाध्यता र कहर टुलुटुलु हेर्ने राज्यलाई घच्घच्याउन लेखिएको किताब हो कहर।'

कार्यक्रममा पुरस्कृत लेखक सापकोटाले नगद २५ हजार प्राप्त गरे। आख्यान विधाका लागि हुने वर्ष किताब घोषणाको यो चौथो संस्करण हो। यसअघि विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको उपलक्ष्यमा कुमार नगरकोटी, विमलकुमार सुवेदी र श्याम बहादुर खड्का पुरस्कृत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell