PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओप्पोको एफथ्री स्मार्टफोन आउँदै, अब घुम्न निस्किँदा सेल्फी स्टिक चाहिदैन, ग्रुप सेल्फी लिन सहज



पहिलोपोस्ट

ओप्पोको एफथ्री स्मार्टफोन आउँदै, अब घुम्न निस्किँदा सेल्फी स्टिक चाहिदैन, ग्रुप सेल्फी लिन सहज

काठमाडौं : स्मार्टफोन फोटोग्राफीमा अग्रणी ओप्पोले डुअल सेल्फी क्यामरासहितको ओप्पो एफथ्री सार्वजनिक गर्ने भएको छ।

कम्पनीका अनुसार नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै ग्रुप (सामूहिक) सेल्फी सहज रुपमा खिच्न सकिन्छ। सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरालाई निरन्तरता दिइएको छ।

डुअल सेल्फी क्यामेरा मध्ये एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा फोनमा छ। साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रीमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीको दाबी छ।

एफथ्रीमा प्रयोगकर्तालाई फोन चलाउँदा गुणस्तरीय तथा उत्कृष्ट अनुभवका माध्यमबाट सन्तुष्टि प्रदान गर्ने सोचका साथ उच्च प्रदर्शनी (हाइ पर्फरमेन्स) हार्डवेयर र अनुकूलित (अप्टिमाइज्ड) सफ्टवेयरपनि उपलब्ध हुने कम्पनीले जनायो।

केही समय अगाडि सामूहिक रुपमा सेल्फी लिनुपर्दा प्रयोगकर्ताले सबैजना फ्रेममा अटाउनका लागि निकै झञ्झट ब्योहोर्नु पर्ने बाध्यता थियो। अनुहार काटिएर आउने, सेल्फी सटमा पृष्ठभूमि (ब्याकग्राउण्ड) नअटाउने लगायत समस्या थियो। नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्नका लागि सेल्फी स्टिक बोक्नै पर्ने झञ्झटबाट मुक्त बनाउने कम्पनीले जनायो।

यो फोनले उत्कृष्ट गु्रप सेल्फी, विकृति डिस्टोर्सन मिनिमाइजिङ फिचर्स र ब्यूटिफाई फञ्शनले प्रयोगकर्तालाई फराकिलो ‘फिल्ड अफ भ्यू’को साथमा गु्रप सेल्फी लिन सघाउने कम्पनीले जनायो।

‘सेल्फी तथा ग्रुप सेल्फीले विशेष गरी यूवा पुस्ताको सामाजिकिकरण तथा उनीहरुको अन्तरक्रिया गर्ने तरिकाको प्रतिनिधित्व गर्छ’, ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक, स्काइ लीले भने ‘नयाँ सेल्फी एक्स्पर्ट एफथ्रीले सेल्फी तथा ग्रुप सेल्फीलाई थप प्राकृतिक, सुन्दर र मुख्यतः तस्विर खिच्न थप सहजता प्रदान गर्नेछ। ’एफथ्रीको साथमा नेपालमा पनि ग्रप सेल्फीको नयाँ ट्रेण्डको शुरुवात हुने आशा कम्पनीले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell