PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते



पहिलोपोस्ट

ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको बा२ख १९५२ नं. को ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नं. को ट्रक आज बिहान दुर्घटना भएको हो। 

घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ। मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell