PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तालीवानीको आक्रमणमा अफगानिस्तानमा १५० सैनिकको मृत्यु



पहिलोपोस्ट

तालीवानीको आक्रमणमा अफगानिस्तानमा १५० सैनिकको मृत्यु

काबुल : तालीवानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले जनाएको छ। 

विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। 

एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अरु दर्जनौँ घाईते भएको एएफपीलाई बताए। 

मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन प्राप्त सरकारले तालीवान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाईँ गरिरहेको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell