PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माछा मार्ने क्रममा दुई युवाको डुबेर मृत्यु



पहिलोपोस्ट

हेटौँडा : मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ। माछा मार्ने क्रममा शनिबार उनीहरुको डुबेर मृत्यु भएको थियो । शव निकाल्न साढे तीन घन्टा लागेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, मनहरीको टोली र स्थानीयवासी शव निकाल्ने प्रयासमा जुटेका थिए। 

दहमा एक्साभेटर प्रयोग गरी स्थानीयवासीले खोजतलास गर्दा दुवैजनाको शव भेटिएको थियोे। शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगेको प्रहरीले जानकारी दिएको छ। 

मनहरी–राप्ती खोलाको गहिरो दहमा माछा मार्न जाल हानेका विकले जाल तान्न नसकेपछि सँगै गएका पाख्रिनले सहयोग गर्ने क्रममा दुवैजना दहमा डुबेको पाखामा बसेका उनीहरुका साथी कृष्णबहादुर विकले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell