PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जिन्स लगाएर अफिस जाँदा ५ सय जरिवाना!



पहिलोपोस्ट

जिन्स लगाएर अफिस जाँदा ५ सय जरिवाना!
प्रतीकात्मक फोटो

बरेली (भारत) : डिस्ट्रिक्ट मैजस्ट्रेट (डिएम) सुरेन्द्र सिंहले एक सरकारी कर्मचारीलाई ५ सय रुपैयाँ जरिवाना गराएका छन्। जरिवानाको कारण भने रमाइलो छ। जिन्स लगाएको र पान मुखमा हालेको देखेपछि ती कर्मचारीलाई ५ सय जरिवाना लिइएको हो

डिएमले कर्मचारीको पोशाकबारे निर्देशिका जारी गरेका छन् जसमा जिन्स लगाएर काम गर्न नपाउने उल्लेख छ। साथै पान र गुट्खा मुखमा राखेर अफिस छिर्न नपाउनेसमेत निर्देशिकामा राखिएको छ। कर्मचारीलाई तह लगाउन उनले सवारी पार्किङमा पनि ताला लगाउन थालेका छन्। कर्मचारी हाजिर गरेर टाप नकसुन भन्दै यस्तो व्यवस्था गरिएको हो।

शुक्रवार डिएमको निसानामा परेका थिए अनवर हुसेन कुरेसी। उनी भूमि अधिग्रहण कार्यालयका कर्मचारी हुन्। कुरेसी जिन्स लगाएर कार्यालय पुगेका थिए भने पान पनि चपाइरहेका थिए। कारवाहीमा परेका उनलाई ५ सय दण्डमात्र भएन चेतावनीसमेत पाएका छन्- आइन्दा यस्तो नहोस्।

कर्मचारीलाई भलाद्‍मी पोशाकमा कार्यालय आउन निर्देशन दिइएको छ भने कार्यालयमा धुमपान, पान र गुट्का खान निषेध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell