PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नझुक्किनुस्, यो कुनै चौर हैन, रानीपोखरी हो

नझुक्किनुस्, यो कुनै चौर हैन, रानीपोखरी हो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : प्रताप मल्लले इस्वी संवत् १६६५ मा बनाउन लगाएको रानीपोखरीको हालत अहिले बिजोग छ। नाम रानीपोखरी भए पनि अहिले पोखरीमा पानी छैन। ४० रोपनी जग्गामा हरियो घाँस उम्रिएको छ। लाग्छ यो एउटा चौर हो- रानी चौर। 

दुई वर्षअघि २०७२ सालको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुगेको रानीपोखरी मन्दिरसहित रानीपोखरी परिसर पुननिर्माणको शिलान्यास गर्दा भनिएको थियो, निर्माण सुरु भएको ६ महिनापछि रानीपोखरीको नयाँ स्वरुप तयार हुनेछ। म्युजिकल फाउन्टेनसहितको मनै हर्ने डिजाइन स्केचहरु पनि सार्वजनिक भएका थिए। 

तर दुई वर्षपछि अहिले हेर्दा खुला चौरको रुपमा रानीपोखरीलाई हेर्नुपरिरहेको छ। रानीपोखरीको बेहाल छेक्न बारमा लगाइएको छेकबारसमेत प्वाल परिसकेको छ। 

रानीपोखरी पुनर्निर्माणको बजेट करिब १२ करोड रुपैयाँ छ। पुनर्निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल के एण्ड केजी जेभीले पाएको थियो। तर पुरातात्विक महत्वको क्षेत्रमा सिमेन्टको पिलर ठडाएको पाइएपछि विरोध भयो। पुरातत्वले हस्तक्षेप गर्‍यो। त्यसपछि पुरातत्वकै निगरानीमा पुननिर्माणको काम सुरु गर्ने भनियो। काम सुस्‍त गतिमा भइरहेको छ। कहिलेसम्म रानीपोखरीलाई रानी चौरको रुपमा हेर्नुपर्ने हो, निश्चित छैन। 

हेर्नुस् रानीपोखरीको बेहाल-


 


ट्रेन्डिङ पोस्ट

Ncell