PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मलेसियामा अलपत्र १८ नेपालीलाई उद्दार गरी स्वदेश फिर्ता



पहिलोपोस्ट

काठमाडौँ : मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ। 

दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको छ। 

सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ। सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ। 

यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई गत चैत ३० गते उद्धार गरी स्वदेश फर्काएको उल्लेख गरिएको छ। 

गत चैत १६ मा झापाका पदमबहादुर तामाङ, धनकुटाका धीरेन्द्र याक्खा तथा तनहुँका कमलबहादुर भुजेललाई पनि दूतावासले सहयोग गरी नेपाल फर्काएको विज्ञप्तिमा भनिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell