PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शरदसिंह भण्डारीको अर्को खतरनाक अभिव्यक्ति : 'चुनाव भएको ठाउँ नेपाल हुन्छ बाँकी ठाउँ के हुन्छ?'



शरदसिंह भण्डारीको अर्को खतरनाक अभिव्यक्ति : 'चुनाव भएको ठाउँ नेपाल हुन्छ बाँकी ठाउँ के हुन्छ?'

काठमाडौः ६ वर्षअघि बहालवाला रक्षामन्त्री भएका बेला 'मधेसका २२ जिल्लाले निर्णय गरेर छुट्टिन्छु भन्यो भने कसले रोक्छ' भन्ने भाषण गरेर मन्त्री पदबाटै हात धोएका शरदसिंह भण्डारीले अर्को खतरनाक अभिव्यक्ति दिएका छन्। 

मधेसकेन्द्रित ६ दलको एकताबाट बनेको राष्ट्रिय जनता पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भण्डारीले यस्तो अभिव्यक्ति दिएका हुन्।
 
एकतापछि संसद्मा २५ सिटको हैसियत बनाएको पार्टीका अध्यक्ष मण्डलका नेता भण्डारीले अब आफ्नो दलको सहमति बिना सरकारले केही पनि गर्न नसक्ने बताए। 

'हाम्रो सहमति र सहभागिता बिना चुनाव गराउन सक्नु हुन्छ?,' भण्डारीले प्रमुख दललाई चुनौति गर्दै भने, 'गर्न सक्नु हुन्छ भने चुनाव गराएर देखाउनुस्। तर, संविधान संशोधन बिना हामीलाई चुनावमा सहभागी हुन नभन्नुस्।'

‘बल प्रयोग गरेर चुनाव गराउँछु, जसरी पनि चुनाव गराउँछु भन्नेहरुको इतिहास म्युजियममा सुरक्षित छ,' भण्डारीले चुनौति दिए, 'कसैलाई बल प्रयोग गरेर चुनाव सम्भव छ भन्ने लागेको भए मधेसमा चुनाव गराएर देखाए हुन्छ।' 

उनले चुनाव गराएमा देशमा मन विभाजन सुरु हुने भन्दै त्यस्तो जोखिम उठाउन राज्य तयार भए आफूलाई भन्नु केही नभएको बताए। 

'बल प्रयोग गराएर चुनाव गराउने हो भने चुनाव भए जति ठाउँ नेपाल हुन्छ,' भण्डरीले चुनौतिको भाषामा भने, 'चुनाव गराउन नसकेको भाग के हुन्छ?' 

उनले त्यस्तो चेतावनीयुक्त भाषामा के हुन्छ भन्दै सोधेको भूभाग के हुन्छ भन्नेबारे भने थप केही बोलेनन्।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell