PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अपहरणको दुई दिनपछि भारतीय सीमानजिकैबाट यसरी मुक्त भए युवक



अपहरणको दुई दिनपछि भारतीय सीमानजिकैबाट यसरी मुक्त भए युवक

सप्तरी : अपहरण भएको दुई दिनपछि नेपाल प्रहरीले एक युवकलाई सकुशल मुक्त गरेको छ। वैशाख ४ गते राति सुतिरहेको अवस्था अज्ञात समूहले सप्तरी डाक्नेश्वरी नगरपालिका ८ बस्ने २६ वर्षीय दुर्गाप्रसाद साहलाई हतियार देखाएर अपहरण गरी लगेको थियो। 

अपहरण भएको केही समयमा नै आफन्तले प्रहरीलाई खबर गरेपछि खोजी कार्यमा खटिएको र दुई दिनपछि उद्दार गरेको सप्तरी जिल्ला प्रहरी कार्यलयका डिएसपी लक्ष्मीराज अधिकारीले बताए। 

अपहरण गरी भारत लगिँदै गरेको सूचनाको आधारमा प्रहरीले भारतीय नाकामा सुरक्षा व्यवस्था कडा बनाएको थियो। भारत लैजाँदै गरेको अवस्था प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

अपहरणमा संलग्न अन्य चार जना भने फरार भएका छन्। 

प्रहरीले अपहरणमा संलग्न सप्तरीका जमुनिमध्येपुरा घर भई हाल इटहरी विष्णुपुर गाउँपालिका बस्ने २२ वर्षीय मो जुम्राती मिया र खड्क नगरपालिका ७ बस्ने २२ वर्षीय मन्जुर मियालाई पक्राउ गरेको छ। 

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलको गोली दुई थानसमेत बरामद गरेको छ। दुई जनालाई नै अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए। 

अपहरणमुक्त गरिएका शाह सामान्य परिवारका मानिस हुन्। उनको उपचार गरी अहिले परिवारलाई बुझाइ सकिएको छ। पक्राउ परेका दुई केही समयदेखि व्यवासायिक रुपमा नै अपहरण गरी फिरौति रकम असुल्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell