PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बाबुरामको पार्टीमा दोश्रो सांसद, सीमाकुमारी बिक नयाँ शक्तिमा



पहिलोपोस्ट

बाबुरामको पार्टीमा दोश्रो सांसद, सीमाकुमारी बिक नयाँ शक्तिमा

काठमाडौँ : डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले दोश्रो सांसदलाई पार्टीमा भित्र्याएको छ। थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकीकरण गरी सांसद गंगा चौधरीलाई पार्टीमा भित्र्याएको नयाँ शक्तिले सीमाकुमारी बिकलाई पनि पार्टीमा भित्र्याएको हो। 

बिक बुधबारदेखि नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी बैठकमा सहभागी भएकी छिन्। यसअघि राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकमा रहेकी बिक नयाँ शक्तिमा गएकी हुन्। 

फोटोको पहिलो लाइनमा दायाँबाट दोश्रो सांसद सीमाकुमारी बिक।

राष्ट्रिय जनमुक्ति पार्टीमा दुई सांसद थिए। शिवलाल थापाले पार्टी एकीकरण गर्दै फोरम लोकतान्त्रिकमा प्रवेश गरिसकेका छन्। विजय गच्छदारको पार्टीमा थापा र बिक दुवै सहभागी हुने बताइएको थियो। तर एकता घोषणा कार्यक्रममा सांसद बिक सहभागी थिइनन्। 

उनी नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी बैठकमा सहभागी भएसँगै नयाँ शक्तिसँग अब दुई सांसद भएको छ। 





गंगा चौधरी र सीमाकुमारी बि.क। 

सम्बन्धित समाचार : बाबुरामको 'स्मार्ट मुभ' : नयाँ शक्ति अब संसदमा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell