PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतको अरुणाचल प्रदेशका ६ नगरमा चीनको दावी, राख्यो चिनियाँ नाम



भारतको अरुणाचल प्रदेशका ६ नगरमा चीनको दावी, राख्यो चिनियाँ नाम

भारतको अरुणाचल प्रदेशमा रहेका ६ वटा नगरमा चीनले आफ्नो दावी कायम राख्दै ती ठाउँको नाम चिनियाँ अक्षर, तिब्बतियन र रोमन अल्फाबेटमा राखेको छ। 

तिब्बती नेता दलाई लामाको अरुणाचल प्रदेशमा भ्रमणपछि चीनले यस्तो कदम चालेको हो। चीनले दलाई लामाको भ्रमणको कडा प्रतिवाद गरेको थियो। 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाए अनुसार भारतले अरुणाचल प्रदेश भन्ने दक्षिणी तिब्बतका ६ वटा ठाउँमा स्टेट काउन्सिलको नियमावली अनुसार चीनको सिभिल अफेयर्स मन्त्रालयले यो नाम राखेको हो। 

नाम राख्नुको अर्थ ती ठाउँमा चीनको दावी हो भन्ने व्याख्या पनि पत्रिकामा छ। 

सन् १९८७ मा भारतले यो ठाउँलाई अरुणाचल प्रदेश घोषणा गरे पनि चीनले अहिलेसम्म त्यस क्षेत्रमा भारतको दावीलाई स्वीकार गरिसकेको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell