PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेसबुकबाट ठगिन सक्ने सात अवस्था : ठगिनुभएको छ? उजुरी गर्न सिआइबीको अनुरोध



फेसबुकबाट ठगिन सक्ने सात अवस्था : ठगिनुभएको छ? उजुरी गर्न सिआइबीको अनुरोध

काठमाडौँ :  फेसबुकबाट साथी बनेर कसैले तपाईँलाई ठगेको छ? त्यसो भए तुरुन्त उजुरी गरिहाल्नुस्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगानामा उजुरी गर्न सबैलाई आग्रह गरेको छ। 

विगत केही समय यता फेसबुक लगायतका अन्य सामाजिक संजालहरु मार्फत अपरिचित व्यक्तिहरुले फ्रेन्ड रिक्वेस्ट पठाउने र त्यसपछि आत्मियता बढाउँदै लगी ठग्ने काम भइरहेको ब्युरोले जनाएको छ। 

ब्युरोका अनुसार ठगीमा यस्ता प्रवृत्ति प्रमुख रुपमा देखिएका छन्-
•    माया प्रेमको नाटक गर्ने,
•    विदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने, 
•    चिट्टा वा गोलाप्रथा परेको भनी सन्देश पठाउने, 
•    आफन्त तथा साथीभाइको समस्या देखाई पैसा माग्ने, 
•    सस्तो वा सहुलियत ऋणको प्रचार गर्ने 
•    विभिन्न नेटवर्किङ व्यवसायमा आवद्ध गर्ने,
•    भारत लगायतका अन्य मुलुकका अध्यागमन कार्यालयमा तपाईको पार्शल आएको छ, कर नतिरेको हुँदा पार्शल रोकिएको छ भनी पार्शलको फोटो पठाउने तथा सो बापत कर तिर्नुपर्छ भनी आइएमई मार्फत नेपालभित्र तथा भारतका विभिन्न आइएमईमा पैसा हाल्न लगाई ठगी गर्ने 

यस्ता गिरोह सक्रिय भई ठगी गरिरहेको सूचना उजुरी विभिन्न प्रहरी कार्यालयहरु तथा केन्द्रीय अनुसन्धान व्यूरोमा समेत आइरहेको हुँदा यस्ता किसिमका प्रलोभनमा नपरी ठगी हुनबाट बच्न सम्पूर्ण आम नागरिकमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले अनुरोध गरेको छ।


कहाँ गर्ने उजुरी?

कोही कसैले उल्लेखित प्रलोभन देखाएमा वा कोही उपर शंका लागेमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान व्यूरोको फोन नम्वर ०१४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्नुहुन वा व्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन समेत सिआइबीले अनुरोध गरेको छ ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell