PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस्, दिल्लीमा राष्ट्रपति भण्डारीको व्यस्त दिन

फोटोमा हेर्नुस्, दिल्लीमा राष्ट्रपति भण्डारीको व्यस्त दिन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उच्चस्तरीय भेटवार्ता गरेकी छिन्। उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्ता गरेकी छिन्। त्यस्तै भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार नै भेटवार्ता गरेकी छिन्।

यसअघि भण्डारीलाई भेट्न राष्ट्रपति भवनमा विदेश मन्त्री सुष्मा स्वराज, वित्त मन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंह पुगेका थिए। 

चार दिने भ्रमणका लागि भण्डारी सोमबार भारत प्रस्थान गरेकी थिइन्। उनी भोलि गुजरात जाने कार्यक्रम छ भने भोलि नै उनले सोमनाथ मन्दिरको पनि दर्शन गर्नेछिन्।
भण्डारीको सम्मानमा राष्ट्रपति मुखर्जीले आजै रात्रीभोजको आयोजना समेत गरेका छन्। आज दिनभर के मा व्यस्त रहिन् त भण्डारी? हेर्नुस् फोटोमा -
 
भारतीय राष्ट्रपतिसँगको भेटका क्रममा हात मिलाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी।
भारतीय उपराष्ट्रपति हमिद अन्सारीसँग राष्ट्रपति भण्डारी।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै।
भारतीय वित्त मन्त्री अरुण जेट्ली राष्ट्रपति भण्डारीसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्दै
भारतीय गृहमन्त्री राजनाथ सिंह राष्ट्रपति भण्डारीसँग कुराकानी गर्दै।
भारतीय विदेश मन्त्री सुष्मा स्वराज राष्ट्रपति भण्डारीसँग भेट गर्दै।
राजघाट स्थित माहात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै भण्डारी।
गार्ड अफ अनरबाट सम्मानित हुदैँ राष्ट्रपति भण्डारी।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदी


ट्रेन्डिङ पोस्ट

Ncell