PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बालकृष्ण ढुंगेललाई पक्रन प्रहरीको काउन्टडाउन सुरु



बालकृष्ण ढुंगेललाई पक्रन प्रहरीको काउन्टडाउन सुरु
फोटो साभार :imandarmedia.com

काठमाडौँ : सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय  सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न अदालतले वारेन्ट आदेश जारी गरेपछि प्रहरी ढुंगेललाई पक्राउ गर्ने तयारी गरेको छ। 

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौति दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकको नाममा गएको बिहीबार आदेश दिएको हो। 

दुई दिन लगातार सार्वजनिक विदा परेकाले आइतबार मात्र प्रहरी प्रधान कार्यालयमा अदालतको पत्र पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, 'हामीले विशेष टोली बनाएर मातहतका सबै निकायमा पक्राउ गर्नको लागि पत्राचार गरिसकेका छौं।' 

पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसहितलाई ज्यानको धम्की दिएको भन्दै माओवादी नेता बालकृष्ण ढुंगेलको पक्राउ वारेन्टी माग गर्दै सर्वोच्च अदालतमा २०७३ चैत ३० गते रिट दायर भएको थियो। 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्व सभासद् बालकृष्ण ढुंगेललाई प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो।  

 सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चबाट दोषी ठहर भएपनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको थिएन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell