PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गृह मन्त्रालयले सूचना जारी गर्दै भन्यो - राष्ट्रपतिको भ्रमणका लागि सोमबार र शुक्रबार सार्वजनिक विदा



गृह मन्त्रालयले सूचना जारी गर्दै भन्यो - राष्ट्रपतिको भ्रमणका लागि सोमबार र शुक्रबार सार्वजनिक विदा

काठमाडौँ : गृह मन्त्रालयले आइतबार साँझ सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि भारत जाने दिन भोलि सोमबार र फर्कने दिन शुक्रबार सबै सरकारी कार्यालय र विदेशस्थित नियोगहरुमा समेत सार्वजनिक विदाको घोषणा गरेको छ। 


आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

 राष्ट्रपतिको राजकीय भ्रमणका क्रममा जाने दिन र आउने दिन गरी दुई दिन सार्वजनिक विदाका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद् सचिवालयमा प्रस्ताव पठाएको थियो। गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भ्रमणको दिन विदा दिने प्रस्तावसहितको पत्र पठाएको जानकारी दिएका थिए। 
 

परम्परा तोड्दै विदा

नेपाल गणतन्त्रमा जानुअघि राष्ट्राध्यक्षका रुपमा रहेका राजाको औपचारिक भ्रमणका क्रममा विदा दिने प्रचलन थियो। राजा विदेश जाने दिन र फर्कने दिन गरी दुई दिन सार्वजनिक विदा दिइन्थ्यो। 

तर राजतन्त्र हटेपछि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव पहिलो औपचारिक भ्रमणका लागि २०६६ सालको फागुनमा भारत जाँदा सार्वजनिक विदा दिइएको थिएन। 

त्यतिबेला राष्ट्रपतिको विदेश भ्रमणका लागि गृह मन्त्रालयले परम्परा पछ्याउँदै छुट्टीको प्रस्ताव माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदमा लगेको थियो। तर त्यसलाई रद्द गर्दै राष्ट्रपतिको भ्रमणमा बिदा दिइएको थिएन।

वर्तमान मन्त्रिपरिषद्ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा दिएको सार्वजनिक विदाको चर्को आलोचना भएको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell