PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेवारिसे कालो झोलाले वीरगन्ज त्रसित



बेवारिसे कालो झोलाले वीरगन्ज त्रसित

वीरगन्ज :  वीरगन्जको घण्टाघरदेखि बसपार्क जाने बाटो लिंक रोड बिहान ११ बजेदेखि त्रसित बनेको छ। 

लिंकरोडको पतन्जली स्टोर्स अगाडि बेवारिसे अवस्थामा छोडिएको कालो झोलाका कारण सो क्षेत्र त्रसित बनेको प्रत्यक्षदर्शी प्रमोद यादवले बताए। 
यादव विहान ११ बजे औषधी किन्न पतन्जली स्टोर्स पुगेका थिए। सडक किनारमै फालिएको झोलाबाट अचानक धुँवा निस्कियो। लगत्तै सबै यात्रु तथा ग्राहकहरुमा भागदौड मच्चियो।

प्रहरीले अहिले सो स्थानमा सुरक्षाकर्मी परिचालन गरी चारैतिरबाट घेरा हालेको छ। झोलामा के छ भन्ने विषयमा हालसम्म पत्तो लाग्न नसकेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रराज जोशीले बताए।

‘झोलामा के छ थाहा भएन, तर शंकास्पद वस्तु छ। नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ,’ उनले भने ,‘केही बेरमा शंकास्पद झोलाको बारेमा जानकारी हुन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell