PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महोत्तरीका रामशरण मण्डलको कतारमा मृत्यु



पहिलोपोस्ट

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ।

पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए।

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनका भतिजा सुरेश मण्डलले जानकारी दिए।

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०÷१२ जना आफन्त कतारमै काम गर्दैै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो।

मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell