PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नौ वर्षपछि संस्कृति जोगाउन फेरि छेडे बुद्धकृष्णले जिब्रो

नौ वर्षपछि संस्कृति जोगाउन फेरि छेडे बुद्धकृष्णले जिब्रो


काठमाडौँ : विगत आठ वर्षदेखि बोडेको जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्दै आइरहेका जुजुभाइ श्रेष्ठले यस वर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि जात्रा नै नहुने स्थिति आइपरेको थियो। 

तर संस्कृति जोगाउन नौ वर्षपछि पुनः जिब्रो छेड्न तयार भए बुद्धकृष्ण बाग श्रेष्ठ। जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय  श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन्। 

यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरेका थिए। 

यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका उनले आज जिब्रो छेडे।  बोडेको जात्रामा बोडेबासीमध्ये पनि यहाँका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नु पर्ने परम्परा रहेको छ। जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन्।

जात्राका लागि मध्यपुर थिमी नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्।

जात्रा प्रत्येक वर्षको वैशाख २ गते बिहान हुने गर्दछ। स्थानीय पाचोबाट सुरु हुने जात्रा बोडेका विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ। 


ट्रेन्डिङ पोस्ट

Ncell