PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आजदेखि फोनमा कुरा गर्दा पैसा कम लाग्ने, कात्तिकदेखि मोबाइलमा अझ कम



आजदेखि फोनमा कुरा गर्दा पैसा कम लाग्ने, कात्तिकदेखि मोबाइलमा अझ कम

काठमाडौँ : आजदे्खि ल्यान्डलाइनमा मोबाइलमा कुरा गर्दा तपाईँलाई कम शुल्क लाग्नेछ। नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि टेलिफोन सेवामा उपभोक्तामैत्री निर्णय गर्दै नयाँ 'पल्स' अवधि लागू गरेका कारण तपाईँको बिल घट्ने भएको हो। 

प्राधिकरणले वैशाख १ गतेदेखि अनिवार्य कार्यान्वयन हुनेगरी सबै टेलिफोन कम्पनीको पल्स अवधि समान बनाउने गरी नयाँ पल्स अवधि निर्धारण गरेको हो। 

'पल्स अवधि' भनेको टेलिफोन सेवाको महसुल काट्न निर्धारण गरिने प्रति इकाई समय हो। यसअघि पल्स अवधि धेरै हुँदा सेवाग्राहीलाई महसुलको भार बढी परेको थियो। पल्स अवधि कम हुँदा महसुलको भार पनि कम हुन्छ। 
 
पल्स अवधिलाई दुई चरणमा यसको कार्यान्वयन गर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। सेवाप्रदायकका ग्राहकलाई महसुलभार कम गराउने गरी पल्स अवधि घटाइएको उनले बताए। पहिलो चरणमा २०७४ वैशाख १ गतेदेखि लागु हुने गरी पिएसटिएनमा ६० सेकेन्ड, आन्तरिक मोबाइलमा १० सेकेन्ड र अन्तर्राष्ट्रिय मोबाइलमा ३० सेकेन्ड पल्स अवधि निर्धारण भएको छ।

यसअघि २१ सेकेन्ड कुरा गर्दा ४० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्थ्यो। नयाँ पल्स अवधि अनुसार मोबाइलमा र १० सेकेन्डको एक पल्स हुनेछ। अब तपाईँले २१ सेकेन्ड कुरा गर्नुभयो भने ३० सेकेन्डको मात्र पैसा तिर्नुपर्नेछ।

९ सेकेन्डसम्म १० सेकेन्डकै पैसा र त्यसपछि १९ सेकेन्डसम्म २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्छ। ग्राहकले २१ सेकेन्ड कुरा गर्दा ४० सेकेन्डको पैसा तिर्नुपर्ने हुनाले यसअघि सेवा प्रदायकले कुरै नगरेको समयबाट पनि रकम असुलिरहेका थिए। 

कात्तिकबाट लागु हुनेगरी दोस्रो चरणमा पिएसटिएनमा ६० सेकेन्ड, आन्तरिक मोबाइलमा १ सेकेन्ड र अन्तर्राष्ट्रिय मोबाइलमा १० सेकेन्ड निर्धारण गरिएको छ। अर्यालका अनुसार नयाँ पल्स अवधि अनुसार सबै प्रकारको मोबाइलमा प्रत्येक १० सेकेन्डको एक पल्स मानिने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell