PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बांगोटिंगो समाचार नलेख्न निर्वाचन आयुक्तको आग्रह, आयोगले गर्‍यो समाचारको खण्डन



पहिलोपोस्ट

बांगोटिंगो समाचार नलेख्न निर्वाचन आयुक्तको आग्रह, आयोगले गर्‍यो समाचारको खण्डन

विराटनगर : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन्।

राटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उनले आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए। मधेसी मोर्चाअन्तर्गतका दलहरुले पनि दल दर्ता गरेकाले निर्वाचनमा सबै सहभागी हुने विश्वास व्यक्त गर्दै उनले सरकारका साथै अन्य राजनीतिक दलहरुलाई सबै दलको सहभागिताका लागि वातावरण बनाउनेतर्फ अग्रसर रहनुपर्ने धारणा व्यक्त गरे।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत लगायतको तालिम सम्पन्न भइसकेको जानकारी दिँदै उनले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे।

‘निर्वाचनमा सेना परिचालन’बारे आफूले नबोलेको प्रस्ट पार्दै उनले काठमाडौंबाट प्रकाशित एक दैनिकले बाङगोटिङ्गो ढङ्गले समाचार बनाएर प्रकाशित गरेको भन्दै दुःख व्यक्त गरे। ‘सेनाको बलमा कहीँ स्थानीय तहको निर्वाचन हुन्छ, कदापि हुँदैन,' उनले स्पष्ट पारे, ' जनता, राजनीतिक दल र सञ्चारकर्मीको सहयोगमा निर्वाचन सम्पन्न हुनेछ, त्यस्ता समाचारको म घोर भर्त्सना गर्दछु।'

आयोगद्वारा समाचारको खण्डन

यसैबीच, निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको छ। निर्वाचनको संवेदनशीलतालाई ध्यान दिन तथा पत्रकार आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न भन्दै आयोगले सो समाचारप्रति खण्डन गरेको हो।


'म्यादी प्रहरी तालिमको अवलोकनका क्रममा बोल्नुभएको भनी चैत ३१ गते काठमाडौंबाट प्रकाशन हुँदै आएको 'अन्नपूर्ण पोस्ट' दैनिकको छ पृष्ठमा प्रकाशित 'तराईमा सेना परिचालन गरेर भए पनि निर्वाचन : यादव' भन्ने शीर्षकको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,' सहसचिव नवराज ढकालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ', 'यादवबाट तराईमा सेना परिचालन गरेर भए पनि निर्वाचन गराउने भन्ने विचार व्यक्त नभएको आयोग स्पष्ट पार्न चाहन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell