PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उद्यम गर्नेलाई महालक्ष्मी विकास बैंकको स्किम, ९ लाखसम्म ऋण



पहिलोपोस्ट

उद्यम गर्नेलाई महालक्ष्मी विकास बैंकको स्किम, ९ लाखसम्म ऋण

काठमाडौं : महालक्ष्मी विकास बैंकले उद्यमशील कर्जा योजना ल्याएको छ। ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजौं' भन्ने नाराका साथ ऋणको स्कीम ल्याएको हो।

कर्जा योजना अन्तर्गत बैंकले देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेसा सञ्चालन गर्न चाहने युवालाई ऋण दिनेछ। बैंकले यो ऋण बार्षिक १३ प्रतिशत ब्याजमा उपलब्ध गराउने छ। बैंकका सबै ४० वटै शाखाहरुबाट ऋण उपलब्ध हुने छ। एक लाखदेखि ९ लाखसम्मको कर्जा उपलब्ध गराउनेछ।

महालक्ष्मी विकास बैंकले मालिका विकास बैंक र सिद्धार्थ फाइनान्सलाई गाभेको थियो। पुँजीलाई थप सुदृढ बनाउने उद्देश्यले बैंकले यति डेभलपमेन्ट बैंक लिमिटेडलाई पनि गाभ्ने प्रकृया सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell