PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं : गुल्मीको मदाने गाँउपालिका-१ मा गएराति अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्।

लु ९ प ८४७२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी स्थानीय ४५ वर्षीय इन्द्रबहादुर सेनको मृत्यु भएको हो। चालकको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मोटरसाइकल सडकबाट १५ मिटर तल खसेको स्थानीय प्रहरीले जानकारी दिएको छ।

यस्तै, सप्तरीको कन्चनरुपस्थित भित्री सडकखण्डमा को १ ख ५६४८ नम्बरको ट्रिपरको ठक्करबाट ना ४५ प ५७२६ नम्बरको मोटरसाइकल चालक २० वर्षीय गुणराज तामाङको मृत्यु भएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएका बसाहा-७ का पर्वत राईको भने गोल्डेन अस्पताल विराटनगर उपचार भइरहेको छ। ट्रिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell