PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निगमले ३० वर्ष उडाएको बोइङको लिलामी, १७ करोडभन्दा बढी तिरेर कसले किन्ला?



पहिलोपोस्ट

निगमले ३० वर्ष उडाएको बोइङको लिलामी, १७ करोडभन्दा बढी तिरेर कसले किन्ला?

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो बोइङ 'बी ७५७-२००' सिरिजको जहाज बिक्रीका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ।

कर्णाली नामको उक्त जहाज बिक्रीका लागि निगमले सोमबार टेण्डर आह्वान गरेको हो। निगमले जहाजको न्यूनतम मूल्य १७ लाख १० हजार डलर (१७ करोड नेपाली रुपैयाँ) तोकेको छ। निगमले तोकेको भन्दा बढी बोलकबोल गर्नेले जहाज किन्न पाउनेछन्।

एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' रहेको यो विमानको कलसाइन '९ एन-एसिए' रहेको छ। एक सय ९० सिट क्षमता भएको जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग किनेको थियो।

यसअघि निगमले प्रावधिक समिति बनाएर न्यूनतम मूल्य र अवस्था जाँच गर्न भनेको थियो। प्राविधिक समितिले न्यूनतम १७ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री गर्न सिफारिस गरेको थियो। टेन्डरमा एयरलाइन्स कम्पनी, जहाज उत्पादक कम्पनी, स्थानीय कम्पनी तथा व्यक्ति सहभागी हुन पाउनेछ।

इन्जिनको आयु कम भएको तथा अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरी बिग्रिएपछि निगम व्यवस्थापनले गत जेठमा बिक्रीको निर्णय गरेको थियो।

निगमले अब एयरबसमात्र खरीद गर्ने निर्णय गरिसकेका कारण बोइङलाई बिक्री गर्ने निर्णयमा पुगेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

यो जहाज बोइङले नै किन्ने सम्भावना बढी छ। विगतमा समेत बोइङलेनै जहाज किन्न चासो देखाएको थियो। एउटै सिरिजको जहाज अर्को जहाजले भने निरन्तर उडान भरिरहेको छ। दुर्इ वर्षपछि अर्को जहाज पनि विस्थापन गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell