PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फेवा किनारामा नववर्ष महोत्सव, रमाए विदेशी पर्यटक



रासस

फेवा किनारामा नववर्ष महोत्सव, रमाए विदेशी पर्यटक

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाका नौ वटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ।

प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो।

'पर्यटन, संस्कृति र खाना' भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए।

नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा आउने वातावरण महोत्सवले सिर्जना गरेको उनको भनाइ छ।

महोत्सवका अवसरमा फेवातालमा डुङ्गा दौड, पर्यटक दौड, एकल नृत्य, बाल उद्यान एवम् राष्ट्रिय कलाकारहरुको दोहोरी गीतको प्रस्तुतिसहित विभिन्न मनोरञ्जनका कार्यक्रमको आयोजना गरिने सङ्घका महासचिव तथा प्रचारप्रसार समितिका संयोजक गणेश पहारी बताउँछन्।

एक लाखभन्दा बढी स्थानीयवासी र बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षासहित मङ्गलबारदेखि सुरु भएको पाँचदिने सो महोत्सवको होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सिर्जना राणाले उद्घाटन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell