PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

करेन्ट लागेर बनेपामा एक युवकको मृत्यु



पहिलोपोस्ट

धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका बुडोलडाँडामा गएराति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला तौथली–३ का ४० वर्षीय हरिबहादुर कुसुले रहेको प्रहरीले जनाएको छ। 

राति ९ बजेतिर बनेपाको बुडोलडाँडामा बा४ख ७९०६ नंको टिपरबाट बालुवा खसाल्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लागेर मृत्यु भएको हो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell