PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फोटोमा हेर्नुस्, ८ रात ९ दिन मनाइने बिस्केट जात्राको रमाइलो

फोटोमा हेर्नुस्, ८ रात ९ दिन मनाइने बिस्केट जात्राको रमाइलो

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ। भैरवनाथको पूजा गरी दिउँसो भैरव र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथ तान्न सुरु गरिन्छ। आज रथ तौमणीबाट रथ तान्न सुरु भएको हो।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन्। बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानेर जात्रा मनाउने गरिन्छ। तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाएने करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण गरिएको छ।

जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। विक्रम संवत्अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ। यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell