PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाँचथरमा आगलागी, आठ घर जलेर नष्ट



रासस

पाँचथरमा आगलागी, आठ घर जलेर नष्ट

पाँचथर : पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन्।

आगलागीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन चापागाईँ र राजकुमार पन्धाकको घर पूर्णरुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।

जङ्गलमा लागेको आगो आज दिउँसो २ बजे वस्तीतिर फैलिएको थियो। अहिलेसम्म क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell