PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दोलखाको बिगुमा सशस्त्र प्रहरीको जीप दुर्घटना, हवल्दारको मृत्यु



पहिलोपोस्ट

दोलखाको बिगुमा सशस्त्र प्रहरीको जीप दुर्घटना, हवल्दारको मृत्यु

काठमाडौ‌ं : दोलखाको बिगु गाउँपालिका वडा नं. ७ मा सशस्त्र प्रहरी चढेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिगु गाउँपालिका ७, झमासीमा बिहान करिव ८ बजे जीप दुर्घटनामा परेको हो। 

सशस्त्र प्रहरी चढेको बा ९ च ९३६० नम्बरको हाइलक्स जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार मोहनबहादुर घिमिरेको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले जानकारी दिए। घिमिरेको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका डिएसपी शम्भुजंग थापासहित अन्य २ जना जीपमा सवार थिए। दुर्घटनाको कारण खुलेको छैन। प्रहरीले प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell