PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

५४ अर्ब भारु 'स्रोत नखुलेको आम्दानी' भेटियो, माफियाको लगानी सुनचाँदीमा



पहिलोपोस्ट

५४ अर्ब भारु 'स्रोत नखुलेको आम्दानी' भेटियो, माफियाको लगानी सुनचाँदीमा

  • एजेन्सी

नयाँदिल्ली : भारत सरकारले ५०० र १००० दरका नोट प्रतिबन्धपछि जनवरी १० सम्म ५४ अर्ब भारु (८६ अर्ब ४० करोड नेपाली रुपैयाँ) बराबरको स्रोत नखुलेको आम्दानी (अनडिस्क्लोज्ड इनकम) फेला परेको जनाएको छ।

सरकारले नोटबन्दीपछि पुराना नोटहरुलाई वैध बनाउनका लागि 'माफिया' हरुले कस्ताकस्ता उपायहरु अपनाए भन्ने जानकारी सर्वोच्च अदालतलाई दिँदै त्यसबीचमा सुन खरीदबिक्री उच्च भएको विवरणसमेत उपलब्ध गराएको छ।

नोटबन्दीको समयमा केन्द्र सरकारले कालोधनलाई निस्तेज पार्नका लागि विभिन्न ठाउँमा छापा मारेको र माफियाहरुले नयाँनयाँ उपायहरु लगाएर कालोधनलाई सेतो बनाउन खोजेको विवरणसमेत सर्वोच्च अदालतलाई दिएको छ।

सरकारले नोभेम्बर ९ देखि डिसेम्बर ३० सम्म चलेको नोटबन्दीपछि सूचना तथा सञ्चार विभागले 'अपरेशन क्लिन मनी' चलाएको र त्यस बेला बैंकमा जम्मा भएको रकमका बारेमा विस्तृतमा विश्लेषण गरिएको समेत जनाएको छ।

विभागले विभिन्न स्थानमा ११ सय पटक छापा मारेको थियो। यसबीचमा बढी रकम जम्मा गर्ने ५१ सयभन्दा बढीलाई 'क्यास भेरिफिकेसन'का लागि सूचना पठाइएको जानकारी गराउँदै सरकारले ६ अर्ब १० करोड भारु बरामद गरिएको सर्वोच्चलाई विवरण दिएको छ। यसैबीचमा ५४ अर्ब आम्दानी नखुलेको पैसा पत्ता लागेको हो।

सरकारले छापा मारेको ११०० मध्ये ४०० को थप अनुसन्धान गर्न इन्फोर्समेन्ट डाइरेक्टरेट (इडी) र सिआइबीलाई जिम्मा लगाइएको छ। सरकारले १८ लाख यस्ता व्यक्ति फेला पार्‍यो, जसको कर भुक्तानी विवरण नक्कली थियो। अब यसमाथि थप अनुसन्धान हुने छ। १८ लाखमध्ये तीन लाख ७८ हजार गम्भीर प्रकृतिको ठगी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell